Saturday, October 19, 2013

विज्ञापन, यो नै एउटा अर्थोपार्जनको माध्यम हो मिडियाका लागि। वेबसाइट हुन् या पत्रपत्रिका वा रेडियो र टेलिभिजन नै किन नहुन्। सबैको आयको स्रोत भनेको विज्ञापन नै हो। जसका कारण हामी पत्रिका पाँच १० रुपैंयामा नै अनि रेडियो, टेलिभिजन र वेबसाइट निशुल्क हेर्न पाइरहेका छौं। मोबाइल त्यसमा पनि स्मार्टफोनको जमानामा आइपुग्दा त्यो निशुल्क सेवा विभिन्न सफ्टवेयर (मोबाइलको भाषामा एप्स)मा पनि पाउन थालिएको छ। यी सबै निशुल्क पाइने सेवामा एउटा कुरा चाहिँ थोपरिएको हुन्छ प्रयोगकर्ता वा मिडियाको उपभोक्तालाई त्यो हो विज्ञापन। हुन त त्यही विज्ञापनले पनि धेरै जानकारी दिन्छ, कहिले काहिँ त समाचारले भन्दा पनि विज्ञापनले पो फाइदा पुरयाइरहेको हुन्छ। तर वेबसाइट हेर्दा त्यसमा सँधै एकोहोरो आउने विज्ञापन जो नेपाली सन्दर्भमा त तुक विनाको हुन्छ। त्यो विज्ञापनको न त हामी लक्षित वर्ग नै हुन्छौं न त्यसबाट पुगिने सेवा प्रदायकका सेवा नै हाम्रा लागि काम लाग्ने हुन्छन्। नेपाली वेबसाइटका कुरा गर्ने हो भने ठूला ठूला फाइद जीआइएफ फाइल फरम्याटमा झिपिक झिपिक मात्र भइरहेका हुन्छन्। जसले इन्टरनेटको गतिलाई मात्र सुस्त गराउँदैनन् भोलुम पनि खपत गरेर धेरै पैसा खाइ न पाइसँग काटिन्छ मात्र।
त्यसखालको समस्या भोग्नुभएका एवं आफ्नो सानो प्याकेजको इन्टरनेटको स्पीडमा पनि केही छिटो वेबसाइट हेर्न चाहनुहुनेका लागि कम्प्युटरमा प्रयोग गर्न विज्ञापन हटाएर हेरौं वेबसाइट लाभदायक जानकारी थियो। त्यस्तै खालको विज्ञापन धेरै भएका वेबसाइट हेर्दा धेरै पैसा मोबाइलबाट काटिएका अनि थाहै नपाइ वा झुक्किएर अर्को वेबसाइटमा पुग्ने समस्या भएका मोबाइल प्रयोगकर्ताले पनि त्यसखालको वेबसाइटमा विज्ञापन हटाएर हेर्न सक्नुहुन्छ। जसले तपाइँले मोबाइल सेवा प्रदायकसँग लिनुभएको डाटा प्याकेजको कम मात्र डाटा भोलुम खर्च हुन्छ। यसको अर्थ हो तपाइँको ब्यालेन्सको कम खर्च। किफायती मुल्यमा इन्टरनेट चलाउन चाहनुहुन्छ भने तपाइँले केही यस्ता उपाय अपनाउनुपर्छ। जुन इन्टरनेटमा निशुल्क उपलब्ध छन्। (यी उपाय एन्ड्रोइड फोनका लागि हुन्)
मोबाइल फोनमा राखिएका निशुल्क डाउनलोड गरेका एप्सहरु चलाउँदा तीनमा सँगै विज्ञापन पनि देखिइरहेको हुन्छ। विज्ञापन नदेखिने एप्स चाहिँ किन्नुपर्छ केही डलरमा। तपाइँ नेपालमा बस्नुहुन्छ भने तपाइँ गुगल प्लेबाट त्यस्ता एप किन्न सक्नुहुन्न किन भने तपाइँ हामी मध्ये धेरैसँग डलरमा अनलाइन खरिद गर्ने सुविधा छैन। त्यसैले निशुल्क एप चलाउन बाध्य भएकाहरुले तीन यस्ता निशुल्क एप मोबाइलमा डाउनलोड गर्नुपर्छ जसले तपाइँलाई मोबाइलमा राखिएका निशुल्क एप र मोबाइलबाट हेरिने सबै वेबसाइटबाट विज्ञापन हटाइदिन्छ। यसले मोबाइलमा खपत हुने डाटाको भोलुम कम भएर इन्टरनेट हेर्न वा चलाउनमा लाग्ने खर्च पनि कम हुन्छ। त्यसका लागि यी एप डाउनलोड गर्नुस्। यी सबै एप चलाउन र यो सुविधा लिनका लागि तपाइँले आफ्नो मोबाइल रुट गर्नुपर्छ यो भनेको आइफोनको जेलब्रेक भनेको जस्तै हो। (यसबारे थप जानकारी यहाँ पाउन सकिन्छ)
एडफ्रिएण्ड्रोइड
01 ad frdd android
यो एप तपाइँको मोबाइलमा राखेपछि यसले तपाइँले हेर्ने जुनसुकै पनि वेबसाइटमा भएका विज्ञापनलाई यसले हटाइदिन्छ। त्यतिमात्र होइन विभिन्न निशुल्क डाउनलोड गरेर चलाइरहनुभएको एपहरुको पनि विज्ञापन हटाइदिन्छ। यो एप यहाँबाट डाउनलोड गर्नुहोस्।
एडअवे
02 Ad Away
यो एउटा ओपन सोर्स एप हो जसले तपाइँलाई वेबसाइटमा भएका विज्ञापनहरु मोबाइलमा हेर्दा नदेखिने बनाइदिन्छ। यसले विज्ञापनलाई डाउनलोड हुनबाट रोकेर तपाइँको डाटा भोलुम साथै पैसा पनि जोगाइ दिन्छ। यो एप यहाँबाट डाउनलोड गर्नुहोस्।
एयरपुसब्लक
03 Airblocker-Airpush Block
एयर ब्लकर वा एयरपुस ब्लकर जे भने पनि दुवै एउटै एप हो। जुन गुगल प्लेमा निशुल्क उपलब्ध छ। जसले तपाइँको मोबाइललाई विज्ञापनको माध्यम बन्नबाट रोक्छ साथै ती विज्ञापन डाउनलोड हुन नदिएर त्यसका लागि खर्च हुने ब्याण्डवीथ वा डाटा भोलुम कम खर्च हुन्छ र पैसा जोगिन्छ। यो एपयहाँबाट डाउनलोड गर्नुहोस्।
यी एप प्रयोग गर्नु अघिको एजुकेशन सन्सार
education sansar with ads
यी एप प्रयोग गरेपछिको एजुकेशन सन्सार
education sansar with out ads
तपाइँलाई यो पोस्टमा उल्लेख भएका कुरा राम्रा लागे वा तपाइँलाई यसले 

मोबाइल एप र वेबसाइटमा हटाऔं विज्ञापन

तपाइँलाई यो पोस्टमा उल्लेख भएका कुरा राम्रा लागे वा तपाइँलाई यसले http://bluemimissa.blogspot.com or facebook/baniyaraz ma click 

ब्राउजरमा रोकौं विज्ञापन

this is last ad you'll ever have to see Get AdBlock
सफ्टवेयर राखेर पनि वेबसाइट र मेसेन्जरहरुमा आउने विज्ञापन रोक्न सकिन्छ 
इन्टरनेट चलाउनेहरुलाई विभिन्न वेबसाइट खोल्दा आउने विज्ञापनहरुले हैरान नै पारेको हुनुपर्छ। कम्प्युटर तथा मोबाइलको स्क्रिन नै ढाक्ने गरेर ढकमक्क देखिने विज्ञापनहरुले वेबसाइटमा रहेका सामग्री हेर्न मात्र मुस्किल पार्दैनन् तल माथि र दायाँ बायाँ एकोनास हल्लीरहने विज्ञापनले ध्यान पनि भंग गराउँछन्। यती मात्र होइन वेबसाइट हेर्नेहरुले गल्तीले क्लिक गरोस् भनेर नै सामग्रीहरुको लिंकमा टाँसेरै विज्ञापन राख्नेहरु पनि धेरै छन्। जसले गर्दा तपाइँ आफूले हेर्न चाहेको विषय भन्दा फरक लिंक र ठाउँमा पुग्नुहुन्छ। यसले दिने हैरानी त छँदैछ यस्ता विज्ञापनले तपाइँको इन्टरनेटको गती सुस्तो बनाएर हैरान बनाउँछन्। वेबसाइटहरु धेरै ढिलो खुल्दा तपाइँलाई रिस उठ्नु पनि स्वभाविक नै हो। कतिपय नेपाली वेबसाइटमा छ ठूला ठूला आकारका र पाठकको आँखालाई ख्यालै नगरी डिजाइन गरिएका भद्दा विज्ञापनको संख्या पनि धेरै नै हुन्छ। जसले आँखालाई असजिलो त पार्छ नै इन्टरनेटको गती पनि सुस्तो हुन्छ। भोल्युम बेस इन्टरनेट लिनेलाई त त्यस्ता विज्ञापनले अनावश्यक धेरै पैसा पनि खर्च गराउँछ।
इन्टरनेट प्रयोगका क्रममा दैनिक साक्षात्कार हुने यस्ता विज्ञापन र तिनले दिने हैरानीबाट जोगिन प्रमुख इन्टरनेट ब्राउजरहरुमा यस्ता विज्ञापन रोक्ने एडअन्स (सफ्टवेयर)हरु पनि विकास भएका छन्। जसले तपाइँलाई त्यस्ता विज्ञापन जसले फोकटमा पैसा खान्छन् र हैरानी दिन्छन् तीनलाई सँधैका लागि बाइबाइ गर्न सक्नुहुन्छ सित्तैमा। प्रमुख पाँच इन्टरनेट ब्राउजरमा यस्ता खालका एडअन एप राख्न सक्नुहुन्छ।
Mozilla Firefox_AdBlock
फायरफक्स
एडब्लक प्लसः फायरफक्समा राख्न सकिने यो एडअनले वेबसाइटमा रखेका सबै खालका विज्ञापनको छुटि्ट गरिदिन्छ। एकपटक यो ब्राउजरमा राखिसकेपछि कुनै पनि वेबसाइटका इमेल, फ्रेम, फ्ल्यास भिडियो सबै खालको विज्ञापन देखिँदैन। यसको मदतले छानेर कुनै विज्ञापन विशेषलाई मात्र पनि निषेध गर्न सकिन्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
वेबमेल एडब्लकर
यो एडअन राखिसकेपछि तपाइँले कुनै पनि निशुल्क इमेल सेवा दिनेको इमेल सेवामा देखिने विज्ञापनहरु हटाउन सक्नुहुन्छ। यो राखिसकेपछि याहू, जीमेल, हटमेल सबैमा विज्ञापन देखिन छोड्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फायरफक्स एड किलर
यो एडअन फायरफक्सका लागि अर्को विज्ञापन रोक्ने उपाय हो। यो राखिसकेपछि तपाइँले फायरफक्स प्रयोग गरेर खोलेका कुनै पनि वेबसाइटमा विज्ञापन देखिँदैन।यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सिम्पलब्लक
यो एडअनको नाम अनुसार नै यसले सजिलो रुपमा वेबसाइटमा देखिने विज्ञापन रोक्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
नो स्क्रिप्ट
जाभा स्क्रिप्टमा आधारित यो एडअनले विभिन्न वेबसाइटमा देखिने विज्ञापनका अलाबा स्पाइवेयरबाट पनि जोगाउँछ। यो एड अन राख्नका लागियहाँ क्लिक गर्नुहोस्।
remove advertisements from websites adblock on website Nepali website advertisements Advertisement effectiveness
इन्टरनेट एक्सप्लोरर
आइइ ७ प्रो
इन्टरनेट एक्सप्लोरर प्रयोग गरेर इन्टरनेट तथा वेबसाइटहरु चलाउने गर्नुभएको छ भने तपाइँले यसलाई विज्ञापन रोक्ने साधनका रुपमा प्रयोग गर्न सक्नुहुन्छ। यसले तपाइँलाई इन्टरनेटको माध्यम भएका आउने विभिन्न थ्रेटहरुबाट पनि सुरक्षा दिन्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सिम्पल एडब्लक
तपाइँको इन्टरनेट ब्राउजरमा खुल्ने कुनै पनि वेबसाइटको विज्ञापन रोक्न छ र आफ्नो इन्टरनेटको गतीलाई बढाउन छ भने यसको प्रयोग गर्नसक्नुहुन्छ।यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
गुगलक्रोम
एडब्लक प्लस
गुगलक्रोम ब्राउजरमा खोलिने सबै खालका वेबसाइट साथै यूट्यूबका भिडियोमा पनि विज्ञापन रोक्नका लागि उपयोगी साधन हो यो। यसलाई आफ्नो गुगलक्रोममा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फ्ल्यासब्लक
वेबसाइटमा राखिएका फ्ल्यास विज्ञापनहरु रोक्नका लागि यो उपयोगी सामग्री हो। यसलाई गुगलक्रोममा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सफारी
सफारी एडब्लक
सफारीमा वेबसाइट खोल्दा देखिने विज्ञापन रोक्नका लागि यो सबै भन्दा उत्तम माध्यम हो। यसलाई सफारीमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फेसबुक क्लिनर
सफारीमा राख्ने यो एडअनले फेसबुकमा देखिने सबै विज्ञापनलाई सफा गरिदिन्छ। यसलाई राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सोसल फिक्सर
यो सफारी एडअनले फेसबुकको प्रदर्शन र अनुभवलाई सुधार गर्छ। यसको प्रयोगले फेसबुकमा अनफ्रेण्ड नोटिफिकेसन, फोटो म्याग्निफायर, ट्याब्ड न्यूज फिड लगायतलाई सुधार मात्र गर्दैन फेसबुकमा आउने विज्ञापन सबै हटाइदिन्छ। यसलाई सफारीमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्। यो मोजिला, क्रोम, ओपेरा लगायतमा पनि उपलब्ध छ।
ओपेरा
ओपेरा ब्राउजरमा वेबसाइटका विज्ञापनलाई रोक्नका लागि यस्तो उपाय छ। अरु ब्राउजरमा भन्दा ओपेरामा विज्ञापन रोक्नका लागि अल्लि मुस्किल हुनसक्छ। (सायद यो हामीले कम चलाएकाले पनि हुनसक्छ)
ओपेरामा विज्ञापन रोक्नका लागि यहाँ जानुहोस्

यसरी हटाउनुस् एनसेलको पीआरबीटी

पीआरबीटी अर्थात् पर्सनल रिङब्याक टोन। एनसेलको मोबाइल लिनुभएकाहरुका लागि यो परिचित सेवा नै हो। यो सेवा मार्फत तपाइँले आफूलाई फोन गर्ने व्यक्तिहरुलाई आफ्नो रुचि अनुसारका गीतहरु सुनाउन सक्नुहुन्छ। कसैलाई पनि फोन गर्दा लामो समय सम्म फोन गएको जनाउ दिने आवाज (टोन) सुन्नु निक्कै मुस्किल र पट्यारलाग्दो हुन्छ। त्यसैले भ्यालू एडेड सेवाका रुपमा दूरसञ्चार तथा मोबाइल सेवा प्रदायक कम्पनीहरुले यसखालका सेवा उपलब्ध गराएका हुन्छन्। जसलाई तपाइँ आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नुहुन्छ।
एनसेलले आफ्नो मोबाइल सेवा लिनेहरुका लागि फोन गर्नेहरुलाई गीत तथा सन्देश सुनाउने सेवा पीआरबीटीका रुपमा दिइरहेको छ। भने, नेपाल टेलिकमले सीआरबीटीको रुपमा यस्तै सेवा दिइरहेको छ। दुर्इटामा मूल्य र सेवाको भने ठूलै फरक छ। एनसेलले कर बाहेक १० रुपैंयामा एक महिना सम्म फोन गर्नेलाई गीत सुनाउने सुविधा दिन्छ भने सोही खालको सुविधा कर सहित टेलिकमले १५ दिनका लागि मात्र १२ रुपैंया ४३ पैसा लिन्छ। करको हिसाब गर्ने हो भने टेलिकम र एनसेलको सेवा शूल्क बराबर जस्तै भएपनि गीत बज्ने समयको हिसाब गर्ने हो भने एनसेलको पीआरबीटी भन्दा टेलिकमको सीआरबीटी दोब्बर महँगो छ।Ncell-Logo
अर्को महत्वपूर्ण कुरा के हो भने एनसेलमा एक पटक पीआरबीटी लिइसकेपछि त्यो नहटाउँदा सम्म आफै नविकरण (रिन्यू) भइरहन्छ र महिनै पिच्छे पैसा काटिइरहन्छ। तर नेपाल टेलिकमको भने समय सकिएपछि सेवा आफै बन्द हुन्छ अर्को पटक लिन चाहेको खण्डमा मात्र पैसा लाग्छ। एनसेलको पीआरबीटी आफै नविकरण हुने र पैसा काटिने भएकाले मोबाइल लिने र पीआरबीटी राख्नेहरु आफै सचेत हुनुपर्छ। नत्र तपाइँले नचाहेको महिनामा पनि पीआरबीटी बज्छ र पैसा काटिन्छ पनि।
तपाइँले एनसेलको मोबाइल लिनुभएको छ र त्यसमा पीआरबीटी राख्नुभएको छ भने उक्त सेवा कसरी लिने सँगै कसरी हटाउने भन्ने पनि बुझ्नु जरुरी छ।
तपाइँले एनसेलको पीआरबीटी निम्न तरिकाले लिन तथा हटाउन सक्नुहुन्छ।
पीआरबीटीमा रहेको गीतलाई हटाउन
  • ९२०८ नै डायल गरेर आउने निर्देशनको पालना
वा,
  • DELETE<स्पेश>आफूले हटाउन चाहेको गीतको पीआरबीटी नम्बर टाइप गरेर ९२०९ मा एसएमएस गर्नुपर्छ।
पीआरबीटी नै हटाउनका लागी
R टाइप गरी ९२०९ मा एसएमएस पठाए हुन्छ।
एनसेलको पीआरबीटी राख्ने तथा हटाउने जानकारी यहाँ पाउन सकिन्छ।

विज्ञापन हटाएर हेरौं वेबसाइट

वेबसाइट, शाब्दिक अर्थका हिसाबले हेर्ने हो भने यो इन्टरनेटमा राखिएका अक्षर, तस्विर, भिडियो तथा अडियो फाइलहरु मिलाएर राखिएको पेजहरुको संग्रह मात्र हो। कुनै एक वेब र्सभरमा राखिएका त्यस्ता पेजहरु इन्टरनेटको माध्यमबाट विश्वका कुनै पनि कुनाबाट आफ्नो कम्प्युटरमा रहेका वेब तथा इन्टरनेट ब्राउजरको माध्यमबाट हेर्न तथा सुन्न सकिन्छ। तर यतिखेर हाम्रो जिवनमा वेबसाइटले शब्दकोषको यो अर्थ मात्र राख्दैन। जिन्दगीको अहम हिस्सा बनिसकेको छ वेबसाइट हाम्रा लागि। इन्टरनेटमा उपलब्ध यस्ता करोडौं वेबपेज इन्टरनेटको जालोमा जोडिनेहरुका लागि सूचना, मनोरञ्जन अनि शिक्षाको माध्यम बनिरहेका छन्। सस्तिँदै गएको इन्टरनेटको शुल्क अनि बढ्दै गएको पहुँचका कारण पनि आम जिन्दगीको महत्वपूर्णा हिस्सा बनिसकेका छन् वेबसाइट। त्यसैले त विश्वका विकसित मुलुकहरु फिनल्याण्ड, कोस्टारिका, इस्टोनिया, फ्रान्स, ग्रीस, स्पेन लगायतले इन्टरनेटलाई नागरिकको अधिकारको रुपमा स्थापित गरिसकेका छन्। सूचना, समाचार, शिक्षा साथै मनोरञ्जन दिने विभिन्न वेबसाइटहरु इन्टरनेटमा तयार छन्। निशुल्क रुपमा सूचना, मनोरञ्जन पाइने यस्ता वेबसाइटहरुमा विभिन्न विज्ञापनहरु राखिएका हुन्छन्। वास्तवमा निशुल्क रुपमा सूचना तथा मनोरञ्जन उपलब्ध गराउने यस्ता वेबसाइटले यि नै विज्ञापनबाट आर्थिक लाभ लिइरहेका हुन्छन्। यस्ता वेबसाइटको आर्थिक आम्दानीको स्रोत हुन यस्ता विज्ञापन। टेलिभिजन वा रेडियोले जस्तो पाठकको ध्यान आकषिर्त गरेर सूचनाको बीचमा विज्ञापन देखाएर नै यिनीहरुको अर्थतन्त्र चलेको हुन्छ। नेपाली वेबसाइटको आर्थिक आयआर्जनको माध्यम पनि यही नै हो। विश्वव्यापी रुपमा नै वेबसाइटले यसरी नै आफ्नो खर्च र नाफाको सन्तुलन मिलाइरहेका हुन्छन्। त्यसका लागि उनीहरुले विज्ञापन दिने शैलीमा पनि परिवर्तन ल्याइरहेका हुन्छन्। तर वेबसाइटका सामग्रीमा ध्यान केन्द्रित भएको समयमा झल्याक र झुलुक कम्प्युटरको पर्दामा देखिने यस्ता विज्ञापनहरुले हाम्रो ध्यान मात्र तान्दैनन् तीनले आँखा विगार्ने समेत खतरा हुने अध्ययनहरुले बताएका छन्।
नेपाल जहाँ इन्टरनेटको गती सुस्तो छ त्यहाँ वेबसाइट साथै तीनका विज्ञापन डाउनलोड हुन पनि समय लाग्छ। विशेष गरेर नेपाली वेबसाइटहरुले चित्रका रुपमा राख्ने विज्ञापनहरुले वेबसाइट पुरै खुल्नलाई ढिलो गराइरहेका पनि हुन्छन्। तपाइँ डाउनलोडको आधारमा पैसा लाग्ने (भोलुम बेस) इन्टरनेट प्याकेज चलाउनु भएको छ भने त त्यस्ता विज्ञापन डाउनलोड भएको पनि पैसा काटिन्छ। विशेष एनसेलको डाटाकार्ड, टेलिकमको भोलुम बेस एडीएसएल जस्ता डाउनलोडको आधारमा पैसा लाग्ने इन्टरनेट चलाउनेका लागि विज्ञापन डाउनलोडको पनि पैसा तिर्नु पर्ने अवस्था आर्थिक रुपमा पीडादायी नै हो। तर यसखालको वेबसाइटमा देखिने विज्ञापनलाई आफ्नो कम्प्युटरमा वा मोबाइल डिभाइसमा डाउनलोड हुनबाट रोकेर विज्ञापन डाउनलोडको खर्च जोगाउन पनि सकिन्छ। केही वेबसाइटले त सेक्स सम्बन्धी सामग्रीमा भिडियो हेर्नुस् भनेर कालो पृष्ठभूमिमा गुगलको विज्ञापन राखेर क्लिक गराउने गरेका छन्।
त्यसका लागि तपाइँको ब्राउजरमा सामान्य सुविधा मात्र थप गरे हुन्छ। त्यो पनि निशुल्क। तपाइँ जस्ता वेबसाइटका विज्ञापन हेर्न नचाहने तथा त्यसका लागि पैसा खर्च गर्न नचाहनेका लागि सफ्टवेयर बनाउनेहरुले त्यसखालका सफ्टवेयर प्रचलनमा ल्याएका छन्। जसले तपाइँलाई जुनसुकै वेबसाइट विज्ञापन बिना नै हर्ेन सहयोग गर्छन्। यसो गर्दा विज्ञापनको झलाक झुलुकबाट मुक्ति त पाइन्छ नै वेबसाइट पनि छिटो खुल्छ अनि डाउनलोडको पैसा पनि लाग्दैन। त्यसकालागि तपाइँले आफ्ने इन्टरनेट ब्राउजरमा एडब्लक सफ्टवेयर (एडअन्स) राख्नुपर्छ।
कसरी?
त्यसका लागि तपाइँले आफ्नो इन्टरनेट ब्राउजरमा रहेको एड अन्समा क्लिक गर्नुस्। त्यहाँ देखिने सर्च बारमा एडब्लक शब्द टाइप गरेर खोज्नुहोस्। त्यहाँ तपाइँले नतिजामा एडब्लक प्लस, एडब्लक एज, एडब्लक लाइट जस्ता सफ्टवेयर नतिजाका रुपमा देखा पर्छन्। जसमध्ये कुनै एक तपाइँले ब्राउजरमा इन्स्टल गरेपछि तपाइँको कम्प्युटरमा उक्त ब्राउजरमा खोलिने कुनै पनि वेबसाइटमा विज्ञापन देखिँदैन।
यो एडअन्स एप्लिकेसन मोजिला फायरफक्स र गुगल क्रोम दुवैमा उपलब्ध छ। (मैले परिक्षण गरेको हुनाले, अरुमा पनि उपलब्ध छ।त्यसका लागि यसो गर्नुहोस्:
adblock for websites
Mozilla Firefox_AdBlock
ब्राउजरमा यो एडअन्स राखेपछि यस्तो देखिन्छ वेबसाइटहरुः
ब्राउजरमा यो एडअन्स राख्नु अघिको इकान्तिपुरको पेज
eKantipur before ad block
ब्राउजरमा यो एडअन्स राखेपछिको इकान्तिपुरको पेज
after adblock eKantipur

Thursday, October 17, 2013

<div id="fb-root"></div> <script>(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));</script>
<div class="fb-post" data-href="https://www.facebook.com/baniya.raz/posts/618740951511250" data-width="550"><div class="fb-xfbml-parse-ignore"><a href="https://www.facebook.com/baniya.raz/posts/618740951511250">Post</a> by <a href="https://www.facebook.com/baniya.raz">Baniya Raz</a>.</div></div>

Featured post

LEARNING WITH AI

Popular Posts