Tuesday, June 2, 2020

JUST SIGN UP THEN WE WILL TAKE CARE !!! MATHEMATICS CONNECTION AND RESEARCH IN NEPAL by D.R. Simkhada

डि.आर सि‌मखडा सरको  गणितीय website हेर्नको लागि तलको लिङ्कमा क्लिक गरनुहोस्।
http://drmathnp.com/


to contact D.R.Simkhada sir on facebook just click


JUST SIGN UP THEN WE WILL TAKE CARE !!!
MATHEMATICS CONNECTION AND RESEARCH IN NEPAL
लामाे प्रयास पछि गणितीय website: www.drmathnp.com हामीले सुरु गरेका छाैं । English Medium का Textbooks (Optional Maths Series - Readmore Publication & Compulsory Math Links Series- Allied Publication), Teachers Guides र English र नेपाली दुवै माध्यमका Mathematics for Competitors, Model Questions, Manual इत्यादि प्रयाेग गर्ने बिद्यालयहरू तथा शिक्षक मित्रहरूले हेर्न अावश्यक ठान्नु भएमा www.drmathnp.com मा प्रवेश भइ sign up गरी register गर्नुहाेला । त्यसपछि हामी यहाँहरूलाइ ACCESS उपलब्ध गराउनेछाैं । साथमा अन्य Resource Materials पनि थप्दै जानेछाैं ।
No photo description available.

Thursday, May 28, 2020

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी अब अनलाईन बाटै

इच्छुक महानुभावहरुले यस्मा क्लिक गरेर फारम भर्नुहोस्।केही सोध्न मन लागे ९८४११५३३९४,९८४७६६९८६० एजेन्सी मेनेजर सँग सम्पर्क राख्नुहोस्।
https://docs.google.com/forms/d/e/1FAIpQLSeFDzbDt_BXQIKRMuX0aZm-Lpv6H1UREHuenLFjR8D3ICYXrQ/viewform?usp=pp_url

Monday, May 25, 2020

प्रविधिमैत्री शिक्षक समाजको नेपाल को l(STFT)जरुरी सूचना!!



मिति २०७७/२/११ गतेको प्रशिस केन्द्रीय सचिवालय समितिको बैठकको निर्णय अनुसार सबै प्रदेश तथा जिल्लाबाट संस्थाको सदस्य बन्नुभएका सक्रिय सदस्यहरूको विवरण अद्यावधिक गरी संस्थाका अनलाइन तालिमहरुमा सक्रिय सदस्यहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले यो सूचना जारी भएको ७ दिनभित्र सम्पूर्ण सक्रिय सदस्यज्यूहरूले यसै सूचनासँग जारी गरिएको गुगल फाराम अनिवार्य भरी पठाउनुहुन अनुरोध गरिन्छ । साथै आ–आफ्नो प्रदेशमा प्रदेश समितिहरूले र जिल्ला समिति गठन भएको हकमा जिल्ला समितिले यस कार्यमा जिम्मेवारीबोधका साथ सहजीकरण गरिदिनुहुन समेत अनुरोध छ ।


Tuesday, July 1, 2014

हड्डी मजबुत बनाउने खानेकुराहरु

हड्डी मजबुत बनाउने खानेकुराहरु

२०७१ असार ११ गते १९:०५ मा प्रकाशित बानियाँ राजन
   
  
क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउँछ भने भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा सघाउ पूराउँछ ।
healthy-bones
हड्डीको रोग ओस्टीयोपोरोसिसको मुख्य कारण भिटामिन डी को कमी नै हो । त्यसैले हड्डीलाई स्वस्थ र मजबुत बनाउन हाम्रो खानामा भिटामीन डी र क्याल्सियम प्रसस्त पाइने खानाहरु अनिवार्य रुपमा समावेश हुनुपर्छ । हड्डी मजबुत बनाउन खानैपर्ने केही खानेकुरा यी हुन् :
· दुध - दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, मही तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।
· केरा- हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र सरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।
· हरियो सागपात - हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।
· बदाम - बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पूराउँछन् ।
· माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकाशमा समेत सहयोग पूराउँछ ।
- See more at: http://www.onlinekhabar.com/2014/06/163314/#sthash.2oYyyAji.dpuf

संसारका सुन्दर शहरलाई आकाशबाट हेर्दा (फोटोफिचर)

संसारका सुन्दर शहरलाई आकाशबाट हेर्दा (फोटोफिचर)

२०७१ असार १७ गते १०:४८ मा प्रकाशित बानियाँ राजान
बर्डस् आइज भिउ अर्थात् माथि आकाशबाट देखिने कुनैपनि वस्तु तथा ठाउँको विहंगम दृश्य, जसलाई आकाशे दृश्य पनि भन्न सकिन्छ । जमिनबाट पूरै दृश्य देख्न नसकिने ठाउँ तथा वस्तुहरुको आकाशे दृश्य साँच्चीकै सुन्दर हुन्छ । आकाशे दृश्यमा विश्वका ठूला ठूला सहरहरुको झलक कस्तो होला ? जहाज चढेको बेला तल देखिने दृश्य जस्तै, तर अझ प्रष्ट । विश्वका नामी सहरहरुको चराआँखे दृश्य हेर्ने चाहना छ ? हामीले इन्टरनेटबाट खोजिनीति गरेर विश्वका केही चर्चित सहरहरुको विहंगम आकाशे दृश्य यहाँ प्रस्तुत गरेका छौँ :
mexico-cityमेक्सिको सिटी टेक्सकोको तालको टापुमा सन् १३२५ मा मेक्सिको सहरको स्थापना भएको हो । यसको आकाशे दृश्य साँच्ची फूल आकारकै छ ।
giza-pyramids-egypt
गिजा: इजिप्टको नाइल नदीस्थित किनारामा रहेको गिजा सहरको मुख्य आकर्षण भनेकै विश्वकै आश्चर्यको रुपमा रहेको गिजाको पिरामिड नै हो ।
sun-city-arizona-usa
सनसिटी: अमेरिकाको सनसिटीको आकाशे दृश्य साँच्चीकै मनमोहक छ । यसका सामुदायिक सडक अधिकांस वृत्ताकार छन् ।
barcelona-spain
बार्सिलोना: स्पेनको बार्सिलोना युरोपको छैटौँ बढि जनसंख्या भएकेा सहर हो । यसका कासा बाटलो तथा ला प्रेडरेरा जस्ता भवन निकै चर्चित छन् ।
paris-franceपेरिस:  इफेल टावर तथा आर्क ट्रायोम्फ जस्ता चर्चित वास्तुकला रहेको पेरिसको हवाइ दृश्य निकै मनमोहक छ ।
venice-italyभेनिस : इटालीको भेनिस सामुदि्रक मुगा टापुमा अवस्थित छ । यो सुन्दर कला तथा वास्तुका कारण चर्चित छ । यो पूरै सहर विश्व सम्पदा सूचिमा सूचिकृत छ ।
shanghai-china
 सांघाइ : चीनको सांघाइ सबैभन्दा धेरै जनसंख्या भएको चिनिया सहर हो ।
male-maldives2माले : माल्दिभ्सको राजधानी सहर माले विश्वको पाँचौँ बढि जनघनत्व भएको टापु हो ।

Featured post

LEARNING WITH AI

Popular Posts